रेडियो परिवर्तन एफ एम
पन्चदेवल विनायक नगरपालिका अन्तर्गत पशु शाखामा ओजेटी गरेका विद्यार्थीको आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ । विद्या मन्दिर नमूना माद्यामिक बिद्यालय विनायकमा भेटेनरी जेटीए अध्ययन गरि ६ महिने ओजेटीको लागि बिद्यार्थीहरु पशु शाखामा सहभागी बनेकाथिए । पशु शाखाको आयोजना तथा शाखा संयोजक पेम घोडासैनिको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी पन्चदेवल विनायक नगरपालिकाका वडा न ३ का वडा अध्यक्ष सुरेन्द्र शाही रहनुभएको थियो । प्रमुख अतिथीको आसनबाट बोल्दै वडा अध्यक्ष सुरेन्द्र शाहीले ६ महिने ओजेटी सकिसकेपछि सम्पूर्ण पढाई नसकिएकोले आगामी दिनमा पनि विद्यार्थीहरुे थप पढाईमा जोडदिनुका साथै सिकेका कुराहरुको सहि ठाउमा सदुपयोग गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा ,कृर्षि बिकास शाखाका संयोजक महाजित बिक र ओजेटी सहभागी विद्यार्थी सपना बिस्ट र दिनेश चलाउनेले समेत मन्तव्य राख्नुभएकोथियो ।कार्यक्रममा पशुसेवा शाखा विनायकका हरिचन्द्र बोगटी, डिभिजन बन कार्यालय विनायकका बन रक्षक दिलिप न्यौपाने,कृषि विकास शाखा विनायकका ना।प्रा।स। कटकबहादुर धामी रेडियो परिवर्तन एफ एमका स्टेसन म्यानेजर महेश रिमाल ,सेबक नेपाल सुआहारा का फिल्ड सुपरबाईजर तपेन्द्र बिष्ट लगायतका अतिथीहरु रहनुभएको थियो । पशु शाखा शाखा विनायकका बिस्नु शाहीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन तपेन्द्र धामीले गर्नुभएकोथियो ।x
