Monday, September 26, 2016

खाद्य अधिकारको ग्यारेण्टीको माग सहित विप्लव माओवादीको जुलूस !



नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)ले खद्य अधिकार ग्यारेण्टीको माग सहित धनगढीमा जनप्रदशन गरेको छ । जनप्रदशनपछि एल एन चोकमा भएको कोणसभालाई सम्बोधन गर्दै नेकपा (माओवादी)का केन्द्रिय सदस्य आर पि तिमिल्सेनाले सरकारले जनतालाई राहत दिनुको साटो मुल्यवृद्दि गरेर अन्याय गरेको बताए ।
उनले माओवादी जंगल जाओस भनेर कसैले चाहेको भए त्यो दिवा सपना हुने बताउदै माओवादीले जनताको अधिकारकालागि शहरमै बसेर संघर्ष गर्ने बताए । माओवादीले पुरानो जनयुद्धकालिन लडाई लड्न नचाहेको बताउदै देश भक्त र राष्टवादी शक्तिसंग सहकार्य गर्दै एकिकृत जनक्रान्ति गर्न चाहेको बताए ।
जनताको अधिकारको आन्दोलनलाई कसैले हतियारले दमन गर्न खोजे त्यसका विरूद्ध शशस्त्र प्रतिकार गर्न पछि नपर्ने उद्घोष गरे ।
 त्यसै गरी उपभोक्ता हित संरक्षण मञ्च कैलालीका अध्यक्ष हरि रेग्मी बजार अनुगमनका नाममा सरकारले झारा टारिरहेको बताउदै यस्तो नौटङ्कि तत्काल बन्द गर्न आग्रह गरे ।
कालोबजारि, कृत्रिम अभाव र मुल्यवृद्धि गर्ने र गूणस्तरहिन  सामाग्री बेचेर जनता ठग्नेलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरे ।
त्यसै गरी (माओवादी) कैलालीका कार्यालय सचिब विनोद बिष्टले जनविरोधि कार्यमा संलग्न जोकोहिलाई पनि माओवादीले नछाड्ने बताए । सरकारी निकाय र दलालहरूको मिलेमतोमा कैलालीमा चोरी तस्करी सुदखोर र दलालहरूको जगजगि बढिरहेको बताउदै सरकारले कारवाहि नगरे आफ्नो पार्टीले कारवाही गर्ने बताए ।

Monday, September 5, 2016

मध्यपहाडि लोकमार्गमा ३ महिला घाईते ..


मध्यपहाडी लोकमार्गको विनायक गैरीटाड सडक खण्ड अन्तर्गत कुईका गाविस वडा नम्बर ५ स्थित किर्तिपुर भन्ने ठाउमा सडक माथिबाट खसेकोे ढुगां लागेर ३ जना कामदार गम्भिर घाईते भएका छन । घाईते हुनेमा कुईका ५ का जयन्ति तिमिल्सैना, मन्धरी तिमील्सैना र निर्मला तिमिल्सैना रहेको बताईयको छ । मध्यपहाडी लोकमार्गको निर्माण कार्यचलिरहेको उक्त सडक खण्डमा सडकमा ढुगां लोड गरीरहेका कामदारमध्य अन्य भाग्न सफल भएको निर्माण कार्यको जिम्म्ेवारी सम्हाल्नुभएका तेजेन्द्र केसीले जानकारी दिनुभयो । उहाका अनुसार घाईते तिनै जना लाई  हिजो बेलुकि नै सुर्खेत लगीयको छ । ढुगाले ट्याक्टरको पुरै भागमा क्षेति भएको सा्रेतले जानयको छ ।