Friday, May 20, 2016

बर्षाका कारण ग्रमिण सडक अवरुद्ध ।


भानु ढकाल, परिवर्तन एफ एम अछाम


 गएराति परेको अविरल बर्षाका कारण पुर्वि अछामका गा्रमिण सडकहरु अवरुद्ध बनेका छन । राति करीब ११ बजेदेखि परेको बर्षाका कारण खोलामा बाढि बढेकोले विनायक तोलि सडक खण्डको विभिन्न ठाउमा सडक अवरुद्ध बनेको छ । यता मध्य पहडी राजमार्गका पनि विभिन्न ठाउमा सडक आंसिक रुपमा अवरुद्ध बनेको छ । सदरमुकाम देखि विनायक सम्म सडक हिलाम्मे बनेकोले यातायातका साधन मुस्किलले गन्तब्य तर्फ गईरहेका छन । गैरीटाड देखि कमलबजार हुदै तुर्माखाद सडक पनि हिलाम्मे बनेको छ । मध्यपहाडि सडक खण्ड कालोपत्रेगर्ने कार्य ढिलाई भएकाले यात्रुहरुले यस्तो सास्ती बेहोर्नु परेको हो ।

Wednesday, May 18, 2016

सिण्डिकेट प्रणाली खारेज .

कर्णाली राजमार्गमा लामो समय देखि रहेको यातायात सिण्डिकेट प्रणाली खारेज भएको छ ।
स्थानीय प्रहरी प्रशासनको सक्रियताले सिण्डिकेट खारेज भएको यातायात व्यवसायीको भनाई छ ।
जुम्लामा चैत २६ गते देखि यातायात सिण्डिकेट हटाउने वारेमा पटक पटक वार्ता र छलफल हुदै आएपनि कर्णालीले यातायात सिण्डिकेट हटाउन मानेको थिएन । पटक पटक सडक अवरुद्ध गर्ने काम गर्दै आएको थियो ।
चन्दननाथ यातायात प्रालीले सरकारले निर्धारण गरेको भाडादरमा यात्रुलाई ओसारपसार गर्ने भनेर जुम्लामा कार्यालय खोलेर चलाउन खोज्दा कर्णालीले रोकेको थियो ।
चन्दननाथ यातायात प्रालीले कम्पनीको नाममा रुट प्रमिट र यातायात व्यवस्था विभागमा पञ्जिकृत गराएपछि आज देखि यातायात सेवा सञ्चालन गरेको छ ।
कर्णालीमा व्यवसायीहरु विच स्वस्थ प्रतिस्पर्धा हुने र सो क्षेत्रका जनताले आफुले चाहेको वसमा सरकारले निर्धारण गरेको भाडादरमै यात्रा गर्न आउने प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।

संघीय गठबन्धनद्वारा १२ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक ।।


आफ्ना माग पूरा गराउन दवावमूलक कार्यक्रमगर्दै आएको संघीय गठबन्धनले थप १२ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । नागरिकको दैनिकी प्रभावित हुनेगरी बन्द, हड्तालका कार्यक्रम भने नराखिएको गठबन्धनका नेताहरुले जानकारी दिएका छन् । गठबन्धनको संयुक्त आन्दोलन मूल परिचालन समितिको आज बसेको वैठकले यही जेठ ६ गते देखि १७ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय गरेको हो । आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभयो । गठबन्धनको राजधानी भित्रका क्षेत्रहरुमा जुलुस निकालेर विरोध जनाउने कार्यक्रम छन् विरोधसभा भने उपत्यका बाहिर गर्ने निर्णय आज भएको संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दनुभयो । आन्दोलनका कार्यक्रममा जेठ ६ गते ललितपुरको मंगलबजारमा, ७ गते वानेश्वरमा, ८ गते स्वयम्भूमा जुलुस प्रदर्शन गर्ने रहेका छन् । जेठ ९ गते चावहिल चोकमा, १० गते कीर्तिपुरमा, ११ गते भक्तपुर, १२ गते बालाजु वाइपास, जेठ १३ गते कलंकी चोकमा, १४ गते मध्यपुर ठिमी भक्तपुर र १५ गते बसन्तपुरमा जुलुस निकाल्ने निर्णय पनि गठबन्धनले गरेको छ । त्यसैगरी जेठ १६ गते वीरगञ्जमा र १७ गते पोखरामा र्याली तथा विरोध सभा गर्ने निर्णय पनि गठबन्धन बैठकले गरेको छ । वीरगञ्जको विरोधसभाको समन्वय तथा व्यवस्थापन मधेसी मोर्चा र पोखराको लागि तमुवान संयुक्त संघर्ष समितिले व्यवस्थापन गर्ने निर्णय भएको छ ।

Monday, May 16, 2016

जिल्ला पशुसेवा कार्यालयद्धारा बंगुर वितरण ।।


जेठ ४, पुर्वि अछाम
वितरण गर्न ल्याईएका बुंगुरका चल्लाहरु । 
जिल्ला पशुसेवा कार्यालय अछामद्धारा विनायक र कालिकास्थान गाविसका गरी १० जना दलित परीवारलाई प्रति परीवार १ जोडाका दरले बुंगुर वितरण गरीएको छ । दलित शिर्जनशिल बचत तथा श्रृण सहकारी संस्था लिमिटेड विनायक का १० जना सेयर सदस्य हरुलाई व्याबसायीक वुंगुर पालनको लागी वितरण गरीएको पशु सेवा केन्द्र विनायकका प्रमुख केशब गिरीले जानकारी दिनुभयो । जसमा विनायक गाविसका परीवारका विपन्न बर्गका ७ जना र कालिकास्थानका ३ जना कृषक छनौट गरीएको दलित शिर्जनशिल साकोस का व्यबस्थापक भिम नेपालिले बताउनुभयो ।