कर्णाली राजमार्गमा लामो समय देखि रहेको यातायात सिण्डिकेट प्रणाली खारेज भएको छ ।
स्थानीय प्रहरी प्रशासनको सक्रियताले सिण्डिकेट खारेज भएको यातायात व्यवसायीको भनाई छ ।
जुम्लामा चैत २६ गते देखि यातायात सिण्डिकेट हटाउने वारेमा पटक पटक वार्ता र छलफल हुदै आएपनि कर्णालीले यातायात सिण्डिकेट हटाउन मानेको थिएन । पटक पटक सडक अवरुद्ध गर्ने काम गर्दै आएको थियो ।
चन्दननाथ यातायात प्रालीले सरकारले निर्धारण गरेको भाडादरमा यात्रुलाई ओसारपसार गर्ने भनेर जुम्लामा कार्यालय खोलेर चलाउन खोज्दा कर्णालीले रोकेको थियो ।
चन्दननाथ यातायात प्रालीले कम्पनीको नाममा रुट प्रमिट र यातायात व्यवस्था विभागमा पञ्जिकृत गराएपछि आज देखि यातायात सेवा सञ्चालन गरेको छ ।
कर्णालीमा व्यवसायीहरु विच स्वस्थ प्रतिस्पर्धा हुने र सो क्षेत्रका जनताले आफुले चाहेको वसमा सरकारले निर्धारण गरेको भाडादरमै यात्रा गर्न आउने प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।
No comments:
Post a Comment