Wednesday, May 18, 2016
संघीय गठबन्धनद्वारा १२ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक ।।
आफ्ना माग पूरा गराउन दवावमूलक कार्यक्रमगर्दै आएको संघीय गठबन्धनले थप १२ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । नागरिकको दैनिकी प्रभावित हुनेगरी बन्द, हड्तालका कार्यक्रम भने नराखिएको गठबन्धनका नेताहरुले जानकारी दिएका छन् । गठबन्धनको संयुक्त आन्दोलन मूल परिचालन समितिको आज बसेको वैठकले यही जेठ ६ गते देखि १७ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय गरेको हो । आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभयो । गठबन्धनको राजधानी भित्रका क्षेत्रहरुमा जुलुस निकालेर विरोध जनाउने कार्यक्रम छन् विरोधसभा भने उपत्यका बाहिर गर्ने निर्णय आज भएको संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दनुभयो । आन्दोलनका कार्यक्रममा जेठ ६ गते ललितपुरको मंगलबजारमा, ७ गते वानेश्वरमा, ८ गते स्वयम्भूमा जुलुस प्रदर्शन गर्ने रहेका छन् । जेठ ९ गते चावहिल चोकमा, १० गते कीर्तिपुरमा, ११ गते भक्तपुर, १२ गते बालाजु वाइपास, जेठ १३ गते कलंकी चोकमा, १४ गते मध्यपुर ठिमी भक्तपुर र १५ गते बसन्तपुरमा जुलुस निकाल्ने निर्णय पनि गठबन्धनले गरेको छ । त्यसैगरी जेठ १६ गते वीरगञ्जमा र १७ गते पोखरामा र्याली तथा विरोध सभा गर्ने निर्णय पनि गठबन्धन बैठकले गरेको छ । वीरगञ्जको विरोधसभाको समन्वय तथा व्यवस्थापन मधेसी मोर्चा र पोखराको लागि तमुवान संयुक्त संघर्ष समितिले व्यवस्थापन गर्ने निर्णय भएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment