Monday, May 1, 2017

एमालेले विनायकमा गर्ने विसाल आमसभाको तयारी तिब्र ।


रमेश रावत बैसाख १९ विनायक





बैसाख २१ गते विनायकमा हुने नेकपा एमालेको आम सभाको तयारीका लागी एमाले ले विभिन्न क्रियाकलापमा तिब्रता दिएको छ । कार्यक्रमकै तयारीका लागी पार्टिको नगर संगठन कमिटिको बैठक सम्पन्न भएको छ । 

                  कमिटिका संयोजक टेक बः शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टिका जिल्ला कमिटि उपाध्यक्ष तथा पञ्चदेवल विनायक नगरपालीकाका मेयरका उम्मेदार नन्द बः कडायत प्रमुख अतिथि रहनु भएको हो । बैठकमा अन्य नेता कार्यकर्ताको सहभागीता रहेको थियो । बैठकले विनायकमा हुने पार्टिको आमसभालाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । 

     यसैविच नगरपालीका ४ को बैठकले पनि उक्त जनसभाकार्यक्रम लाई सफल बनाउनको लागी सबै नेता कार्यकर्ता परिचालन गरीने निर्णय गरको हो । पार्टिका वडा कमिटि अध्यक्ष टिका शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टिका जिल्ला कमिटि सदस्य भिम बः विष्ट प्रमुखअतिथि रहनु भएको छ । यता नगरपालीका २ मा पनि पार्टिको वडा भेला सम्पन्न भएको छ  । वडा अध्यक्षका उम्मेदार तथा पार्टिका वडा कमिटि अध्यक्ष कृपा बः धामीको अध्यक्षतामा भएको कार्यक्रमा पार्टिका नगरकमिटि सचिवालय सदस्य सुरेन्द्र शाही प्रमुख अतिथि रहनु भएको थियो । 

उता नगरपालीका ७ मा पनि पार्टिको कार्यक्रम सम्पन्न भएको छ । पार्टिका कम्मानसिंह सुनारको अध्यक्षतामा भएको कार्यक्रम मा पार्टिका नगर संगठन कमिटि संयोजक टेक बः शाही प्रमुख अतिथि रहनु भएको हो । 

No comments:

Post a Comment