रमेश रावत १२ कार्तिक अछाम ,
ईलाका प्रसासन प्रमुख नहुदा अछामको पुर्विक्षेत्रका जनतालाई प्रसासनिक कामगर्न कठिनाई उत्पन्न भएको छ । नेपाल सरकारको शाखा अधिकृत ईलाका प्रसासन प्रमुख प्रमुख हुने व्याबस्था भएपनि हाल उक्त पद रिक्त रहेको छ । शाखा अधिकृत नहुदा स्थानिय नागरीकलाई नागरीकता बनाउन , राहधानि सिफारिस गर्न , लगायतका विभिन्न प्रसासनिक कार्यगर्न कठिनाई भएको हो ।
यस अघि नायब सुव्वा तुलसि प्रसाद ढुगांना लाई कायम मुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको भएपनि उहाको कार्यअवधि सकिएको एक महिना भई सकेको छ । गृह मन्त्रालयका अनुसार नासु ढुंगाना लाई गत बैसाख १ देखि ६ महिनाका लागी कामु शाखा अधिकृतको जिम्मेवारी दिईएको थियो । ढुंगानाले असोज मसान्त सम्म कार्यालय सम्हाल्दै आएपनि हाल कार्यअवधि सकिएकाले नागरीकता बनाउन को लागी यस क्षेत्रका जनताले सदरमुकाम धाउनु पर्ने बाध्यता रहेको छ ।
हाल कार्यालयमा आउने सेवाग्राहिलाई सदरमुकाम जान सल्लाह दिने गरेको ईलाका प्रसासनका कार्यलय सहयोगी दिनेश अधिकारीले बताएका छन । उनका अनुसार करीब दर्जन बढि नागरीकताहरु ईलाकाकै ढड्डामा चढाईने गरी जिल्लाबाट जिल्ला प्रसासन प्रमुखको हस्ताक्षर गराएर ल्याईएका छन ।
कार्यलयमा १ जना शाखा अधिकृत , २ जना नायब सुव्बा , २ जना कार्यालय सहयोगी को दरबन्धि भएपनि हाल कार्यालयमा एक जना कार्यालय सहयोगी मात्र रहेका छन ।
No comments:
Post a Comment