Wednesday, October 12, 2016

बजार अनुगमन नहुदा सेवाग्राहि मारमा ।।


 रमेश रावत असोज २६ विनायक

महान चाड विजया दसमी आईसक्दा समेत पुर्विअछामका अधिकांस बजारमा अनुगमन हुन सकेको छैन । चाड पर्वको बेलामा पुर्वि क्षेत्रका विभिन्न बजारमा अखाध्य तथा म्याद गुज्रेका समानहरु वितरण हुदा समेत त्यस तर्फ प्रसासनको ध्यान जान सकेको छैन । बजारमा पाईने सामानहरु म्याद गुज्रेका,अखध्य समानहरु वितरण भईरहेको जनगुनासो बढ्दै गएको छ । जिल्लाको कमलबजार, विनायक, गैरीटाड, तुर्माखाद, बास्काडा लगायतका प्रमुख बजारमा बजारभाउमा समेत पसलैपिच्छे फरक रहेको छ । यि लगायत गा्रमिण क्षेत्रका स साना बजारहरुमा पनि कालो बजारी बढेको हो । बजार अनुगमन नहुदा यस क्षेत्रका जनताले महंगी कालोकजारीको मार खेप्नुपरेको छ । कतिपय बजारमा मुल्य सुचि टास निर्धारण गरीएपनि व्यापारीहरुले आफुखुसी सामानको मुल्य बढाएका छन । बजारमा पाईने चामल , पिठो , नुन, तेल, दाल  आदि बस्तुहरु को आपुर्ति भन्दा माग बढि भएकाले कालोबजारी हुने सम्भावना बढेको हो । अछामका ग्रामिण क्षेत्रका केहि पसलहरु त झनै दर्ता नै नगरी सञ्चालनमा रहेका छन । यसरी पसल दर्ता नगरी व्याबसाय गर्नाले करको दायरा भन्दा धेरै व्यापारी बाहीर बाहीर रहेका छन । बजार अनुगमनका सम्बन्धमा अछाम प्रसासनले भने दसै अगाडिनै अनुगमन गर्ने लक्ष्य भएपनि समयको अभावले हुन नसकेको बताएको छ । अछामका सहायक प्रमुख जिल्ला अधिकारी तुल बः काउछाका अनुसार अबको केहि दिनमै बजारहरुमा छड्के अनुगमन गरीने भएको छ ।

No comments:

Post a Comment