Monday, October 17, 2016

तिहार नजिकिए संगै विनायक आसपासका क्षेत्रमा जुवातासको विगविगी ।।



१ कार्तिक अछाम ..



तिहार नजिकिए संगै विनायक आसपासका क्षेत्रमा जुवातासको विगविगी बढेको छ । तिहारको पुर्वसन्धामा विनायक बजार र आसपास का विभिन्न ठाउमा जुवातास को विगविगी बढेको हो । दिन २ गुना रात चौगुना गरी जुवातासको विगविगी बढेपनि स्थानिय प्रसासन भने मुकदर्सक बनेको छ । जुवातासको विगविगीले यस क्षेत्रका महिला तथा बालबालिका बढि प्रभावित भएका छन । जुवातासका कारण यस क्षेत्रमा असान्ति फैलिदै गएको छ । विगत केहि दिन पहिले बेलिकी ९ बजे सुनसान देखिने यस क्षेत्रका केहि बजारहरुमा राति सम्मपनि मानिसको चहलपहल देख्न सकिन्छ । जुवातास संगै अबैध मदिरा समेत बढि मात्रामा भित्रीएको स्रोतको दावि छ । यता ईलाका प्रहरी कार्यालयले भने जुवातास नियन्त्रणका लागी गस्तिलाई प्राथमिकता दिएको छ । ईलाका प्रहरी प्रमुख चक्र बः देउवाका अनुसार विनायक प्रहरीले दिवा तथा रात्रि गस्ति, सिभिल गस्ति, सुराकि लाई आन्तरीक रुपमा पुरस्कार दिने लगायतका कार्यहरु अगाडि बढायको छ । प्रहरीले यस्तो प्रतिक्रिया दिएपनि हालसम्म कुनैपनि उपलब्धिमुलक कार्य भएको छैन ।।

No comments:

Post a Comment