Saturday, October 8, 2016

सम्बिधान कार्यन्वयन नै प्रमुख हो ः अछामका प्रथम महिला सांसद रावल .



रेडियो परिवर्तन अछाम
अछामका प्रथम महिला सांसद जानकी साउद रावलले सम्बिधानलाई विभिन्न कोणबाट विश्लेषण गरीयपनि सम्बीधान कार्यन्वयन नै अहिलेको आवस्यकता भएको बताउनु भएको छ । उहाले नेपालको सम्बीधान कार्यन्वयन हुन नसेके नेपालिको भाग्यरेखा नै मेटिने बताउनु भएको हो । उहाले सम्बीधान कार्यन्वयका लागी सबै दलहरु एकठाउमा आउनुपर्ने धारणा राख्दै आफ्नो पार्टि सदैब सहमतिय राजनीतिबाट अगाडि बढेको औल्याउनु भयो । रेडियो परिवर्तन अछामले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाले यस्तो बताउनु भएको हो । उहाले अछामको विकासका लागी आफ्नो क्षेत्रबाट लागीपरेको भनाई राख्नुभयो । उहाले शुभकामना दिनुहुदै रेडियो परिवर्तनको विकासका लागी आफले आफ्नो क्षेत्रबाट पहल गरीरहेको बताउनु भयो । रेडियोका अध्यक्ष पहलसिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि  उपाध्यक्ष नन्द बः कडायत रहनु भएको थियो । विशिष्टि अतिथि कडायतले शुभकाना दिदै रेडिायो परीवर्तन पश्चिम नेपालको सबै भन्दा लोकप्रिय तथा जन प्रिय भएको बताउनु  भयो । कार्यक्रममा नेपालि कंग्रेस विनायकका उपसभापति महारुप धामी, नेकपा एमाले अछामका जिल्ला कमिटि सदस्य नमराज न्यौपाने , नेकपा माओबादि केन्द्र अछामका जिल्ला सम्मेलन आयोजक समिति सदस्य शेर बः बुढा , नेकपा माओबादि विनायकका सेक्रेटरी दिपेन्द्र बः धामी लगायतका पार्टि प्रतिनिधिहरुले शुभकामना दिनुभएको थियो । कार्यक्रममा विध्यामन्दिर मावि विनायकका अध्यक्ष टेक बः शाही, विध्यान्दिर मावि का शिक्ष्ँक जन्मजय तिमिल्सैना ,दलित प्रतिनिधि भिम नेपालि , महिला प्रतिनिधि दुर्गा वि क लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राख्नुभएको हो । कार्यक्रमको समापनमा बोल्दै रेडियो का अध्यक्ष पहलसिंह धामीेले सबैमा आभार प्रकट गर्दै आगामी दिनमा रेडियोलाई अगाडि बढाउन सबैको मह्त्वपुर्ण भुमिका रहनुपर्ने भनाई राख्नुभयो । कार्यक्रमबाटै विध्यामन्दिर मावि विनायकका अध्यक्ष तथा रेडियो परिवर्तनका सेयर सदस्य टेक ब शाहीले रेडियोकालागी १५ रोपनि जग्गा दान गरेको उद्घोष गर्नु भएको थियो ।

No comments:

Post a Comment