Monday, March 11, 2019

पन्चदेवल विनायक नगरपालिका अन्तर्गत पशु शाखामा ओजेटी गरेका विद्यार्थीको एक कार्यक्रमका बिच बिदाइ ।

रेडियो परिवर्तन एफ एम
पन्चदेवल विनायक नगरपालिका अन्तर्गत पशु  शाखामा ओजेटी गरेका विद्यार्थीको आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ । विद्या मन्दिर नमूना माद्यामिक बिद्यालय विनायकमा भेटेनरी जेटीए अध्ययन गरि ६ महिने ओजेटीको लागि बिद्यार्थीहरु पशु शाखामा सहभागी बनेकाथिए । पशु  शाखाको आयोजना तथा शाखा संयोजक पेम घोडासैनिको  अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी पन्चदेवल विनायक नगरपालिकाका वडा न ३ का वडा अध्यक्ष सुरेन्द्र शाही  रहनुभएको थियो । प्रमुख अतिथीको आसनबाट बोल्दै वडा अध्यक्ष सुरेन्द्र शाहीले ६ महिने ओजेटी सकिसकेपछि सम्पूर्ण पढाई नसकिएकोले आगामी दिनमा पनि विद्यार्थीहरुे थप पढाईमा जोडदिनुका साथै सिकेका कुराहरुको सहि ठाउमा सदुपयोग गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा  ,कृर्षि बिकास शाखाका संयोजक महाजित बिक  र ओजेटी सहभागी विद्यार्थी  सपना बिस्ट र दिनेश चलाउनेले  समेत मन्तव्य राख्नुभएकोथियो ।कार्यक्रममा पशुसेवा शाखा विनायकका हरिचन्द्र बोगटी, डिभिजन बन कार्यालय विनायकका बन रक्षक दिलिप न्यौपाने,कृषि विकास शाखा विनायकका ना।प्रा।स। कटकबहादुर धामी रेडियो परिवर्तन एफ एमका स्टेसन म्यानेजर महेश रिमाल ,सेबक नेपाल सुआहारा का फिल्ड सुपरबाईजर तपेन्द्र बिष्ट लगायतका अतिथीहरु रहनुभएको थियो । पशु शाखा शाखा  विनायकका बिस्नु शाहीको  स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन तपेन्द्र धामीले गर्नुभएकोथियो ।x

Monday, May 1, 2017

एमालेले विनायकमा गर्ने विसाल आमसभाको तयारी तिब्र ।


रमेश रावत बैसाख १९ विनायक





बैसाख २१ गते विनायकमा हुने नेकपा एमालेको आम सभाको तयारीका लागी एमाले ले विभिन्न क्रियाकलापमा तिब्रता दिएको छ । कार्यक्रमकै तयारीका लागी पार्टिको नगर संगठन कमिटिको बैठक सम्पन्न भएको छ । 

                  कमिटिका संयोजक टेक बः शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टिका जिल्ला कमिटि उपाध्यक्ष तथा पञ्चदेवल विनायक नगरपालीकाका मेयरका उम्मेदार नन्द बः कडायत प्रमुख अतिथि रहनु भएको हो । बैठकमा अन्य नेता कार्यकर्ताको सहभागीता रहेको थियो । बैठकले विनायकमा हुने पार्टिको आमसभालाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । 

     यसैविच नगरपालीका ४ को बैठकले पनि उक्त जनसभाकार्यक्रम लाई सफल बनाउनको लागी सबै नेता कार्यकर्ता परिचालन गरीने निर्णय गरको हो । पार्टिका वडा कमिटि अध्यक्ष टिका शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टिका जिल्ला कमिटि सदस्य भिम बः विष्ट प्रमुखअतिथि रहनु भएको छ । यता नगरपालीका २ मा पनि पार्टिको वडा भेला सम्पन्न भएको छ  । वडा अध्यक्षका उम्मेदार तथा पार्टिका वडा कमिटि अध्यक्ष कृपा बः धामीको अध्यक्षतामा भएको कार्यक्रमा पार्टिका नगरकमिटि सचिवालय सदस्य सुरेन्द्र शाही प्रमुख अतिथि रहनु भएको थियो । 

उता नगरपालीका ७ मा पनि पार्टिको कार्यक्रम सम्पन्न भएको छ । पार्टिका कम्मानसिंह सुनारको अध्यक्षतामा भएको कार्यक्रम मा पार्टिका नगर संगठन कमिटि संयोजक टेक बः शाही प्रमुख अतिथि रहनु भएको हो । 

Wednesday, October 12, 2016

हामीले परिक्षण प्रसारण आरम्भ गरेको एक बर्ष पुरा .






हामीले परिक्षण प्रसारण आरम्भ गरेको एक बर्ष पुरा भएको छ । रेडियो बनाउने सवालमा के कति जना, क्षेत्र, दल, सामाजिक कार्यकता समाबेश गर्यौ त्यो सबैलाई जानकारी छ । सामुदायीक रेडियो बनाउने सवालमा सबैलाई समाबेश गरेको ठानेका छौ । प्रसारण सुरु गरेदेखि हालसम्म के के गर्यौ के बाकी रहयो , त्यसका साक्षि स्रोताबर्ग रहेका छन । हामीलाई कसले कसरी कुन तहमा सहयोग गर्नु भयो त्यसको लागी सबैलाई धन्यबाद , रेडियो अछामको विनायक जस्तो ठाउमा प्रसारणमा ल्याउनु कम चुनौतिको काम थिएन , हाल सम्म सबैक्षेत्रबाट सहयोग गर्नुहुने सबैलाई धेरै धन्यबाद , नेपाल पत्रकार महासंघ अछाम , साझेदार सम्पुर्ण सामुदायीक तथा व्याबसायीक रेडियो हरुलाई धन्यबाद , सामुदायीक सुचना नेटवर्क का समाचार प्रमुख गोविन्द खड्का लगायतको टिमलाई धेरै धन्यबाद , सदरमुकाम स्थित सञ्चार माध्यायम हरु रेडियो रामारोशन, रेडियो जनप्रिय, रेडियो अछाम, रेडियो सोसाईटि ,रामारोशन दैनिक, खप्तड दैनिक, बैद्यनाथ दैनिक,विनायकमा रहेको पञ्चदेवल एफ एम लगायतका सञ्चार माध्यायम, छिमेकी जिल्ला कालिकोटको रेडियो नया कर्णालि,चंखेलि,नेपालि आवाज,मालिका एफ एम । दैलेखको रेडियो दुल्लु, बाजुराको रेडियो पौरखि, बाजुरा, कैलालीमा रेडियो पश्चिम टुडे, रेडियो धनगढि, काईट्स एफ एम, रेडियो कैलालि, रेडियो पश्चिम आवाज,टिकापुर सामुदायीक एफ एम, डौना बेवरी, पव्लिक मिडिया,सुदुर सन्देश दैनिक, बर्दियामा रेडियो बबई, रेडियो टाईगर, बाकेमा रेडियो कृष्णसार,  हिमाल एफ .एम , रेडियो एक्सप्रेस, सुर्खेतमा रेडियो बुलबुले,भेरीगंगा एफ एम , रेडियो भेरी, जागरण एफ एम, सुर्खेत एफ एम, प्रदेश एफ एम , दाङमा रेडियो गणतन्त्र, रेडियो मध्यपश्चिम, रोल्पामा रेडियो जलजला , कपिलबस्तुमा रेडियो परिवर्तन एफ एम , कन्चनपुरमा रेडियो महाकालि , नागरीक एफ एम, डोटिमा त्रिबेणि एपm एम, डोटि एफ एम , डडेल्धुरामा रेडियो युनिटि , सुदुर आवाज, आफ्नो एफ एम, अमरगढि एफ एम, बझाङको सेति एफ एम, दार्चुलाको रेडियो अपी, जुम्लाको नारीआवाज एफ एम, बैतडिको समसेर एफ एम राजधानिम थाहासञ्चार नेटवर्क, नेपाल एफएम नेटवर्क, नेपालबाणि नेटवर्क,नेपालि रेडियो नेटवर्क, उज्यालो रेडियो नेटवर्क, रेडियो मिर्मीरे, ईमान्दार मिडिया, खबर डबली,कान्तिपुर अनलाईन, नागरीक अनलाईन, कृष्णसेन अनलाईन,सेतोपाटि, रातोपाटि , अनलाईनखबर, सुर्खेत अनलाई, पश्चिम नेपाल डटकम, कोसेलि न्युज, डबलि न्युज, ईमेज टेलिभिजन, ए वि सि टिभि, एभिन्युज टिभि , लगायतका सञ्चार माध्यायममा कार्यरत सम्पुर्ण सञ्चारकर्मि साथिहरु रेडियो परिवर्तनका हितैसी मित्रहुन । प्रत्यक्ष परोक्ष ढंगले गर्नुभएको सहयोग प्रति आभारी छौ । अछाम, दैलेख, कालिकोट , सुर्खेतमा कार्यरत सरकारी गैरसरकारी कार्यालय, टाईम चेकका प्रायोजक बडिमालिका ईन्टर प्राईजेज , विज्ञापनदाताहरु, स्रोता, सुभेच्छुक, सबै हाम्रा प्रेरणाका स्रोत हुन । अछामका प्रथम महिला सांसद मा. जानकी साउद रावल,  मा भरत साउद, मा भिम बः रावल लगायतका राजनितिज्ञ, एस के ट्रेडिङ काठ्माण्डु लगायत सबैलाई धन्यबाद ।।

बजार अनुगमन नहुदा सेवाग्राहि मारमा ।।


Saturday, October 8, 2016

सम्बिधान कार्यन्वयन नै प्रमुख हो ः अछामका प्रथम महिला सांसद रावल .



रेडियो परिवर्तन अछाम
अछामका प्रथम महिला सांसद जानकी साउद रावलले सम्बिधानलाई विभिन्न कोणबाट विश्लेषण गरीयपनि सम्बीधान कार्यन्वयन नै अहिलेको आवस्यकता भएको बताउनु भएको छ । उहाले नेपालको सम्बीधान कार्यन्वयन हुन नसेके नेपालिको भाग्यरेखा नै मेटिने बताउनु भएको हो । उहाले सम्बीधान कार्यन्वयका लागी सबै दलहरु एकठाउमा आउनुपर्ने धारणा राख्दै आफ्नो पार्टि सदैब सहमतिय राजनीतिबाट अगाडि बढेको औल्याउनु भयो । रेडियो परिवर्तन अछामले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाले यस्तो बताउनु भएको हो । उहाले अछामको विकासका लागी आफ्नो क्षेत्रबाट लागीपरेको भनाई राख्नुभयो । उहाले शुभकामना दिनुहुदै रेडियो परिवर्तनको विकासका लागी आफले आफ्नो क्षेत्रबाट पहल गरीरहेको बताउनु भयो । रेडियोका अध्यक्ष पहलसिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि  उपाध्यक्ष नन्द बः कडायत रहनु भएको थियो । विशिष्टि अतिथि कडायतले शुभकाना दिदै रेडिायो परीवर्तन पश्चिम नेपालको सबै भन्दा लोकप्रिय तथा जन प्रिय भएको बताउनु  भयो । कार्यक्रममा नेपालि कंग्रेस विनायकका उपसभापति महारुप धामी, नेकपा एमाले अछामका जिल्ला कमिटि सदस्य नमराज न्यौपाने , नेकपा माओबादि केन्द्र अछामका जिल्ला सम्मेलन आयोजक समिति सदस्य शेर बः बुढा , नेकपा माओबादि विनायकका सेक्रेटरी दिपेन्द्र बः धामी लगायतका पार्टि प्रतिनिधिहरुले शुभकामना दिनुभएको थियो । कार्यक्रममा विध्यामन्दिर मावि विनायकका अध्यक्ष टेक बः शाही, विध्यान्दिर मावि का शिक्ष्ँक जन्मजय तिमिल्सैना ,दलित प्रतिनिधि भिम नेपालि , महिला प्रतिनिधि दुर्गा वि क लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राख्नुभएको हो । कार्यक्रमको समापनमा बोल्दै रेडियो का अध्यक्ष पहलसिंह धामीेले सबैमा आभार प्रकट गर्दै आगामी दिनमा रेडियोलाई अगाडि बढाउन सबैको मह्त्वपुर्ण भुमिका रहनुपर्ने भनाई राख्नुभयो । कार्यक्रमबाटै विध्यामन्दिर मावि विनायकका अध्यक्ष तथा रेडियो परिवर्तनका सेयर सदस्य टेक ब शाहीले रेडियोकालागी १५ रोपनि जग्गा दान गरेको उद्घोष गर्नु भएको थियो ।